कुलमानमाथि छानविन गर्न नेता बस्नेतको माग « Khabarhub

कुलमानमाथि छानविन गर्न नेता बस्नेतको माग


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद् महेश बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग गरेका छन् ।

विद्युत प्राधिकरणको काम–कार्वाहीप्रति शंका व्यक्त गर्दै नेता बस्नेतले कार्यकारी निदेर्शक घिसिङमाथि अख्तियार र लेखा समितिले छानविन गर्नुपर्ने माग गरेका हुन् ।  केही दिनअघि नेकपाकै अर्का सांसद् अमनलाल मोदीले कुलमानमाथि छानविन हुनुपर्ने संसदमै बोलेको कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले मोदीमाथि गाली–गलौज गरिनु दुखद भएको बताए ।

विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए । त्यसलगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।

सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरको गाली र विरोध गर्नु गलत रहेको तर्क गरे ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ५९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने