कुलमानमाथि छानविन गर्न नेता बस्नेतको माग « Khabarhub

कुलमानमाथि छानविन गर्न नेता बस्नेतको माग


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद् महेश बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग गरेका छन् ।

विद्युत प्राधिकरणको काम–कार्वाहीप्रति शंका व्यक्त गर्दै नेता बस्नेतले कार्यकारी निदेर्शक घिसिङमाथि अख्तियार र लेखा समितिले छानविन गर्नुपर्ने माग गरेका हुन् ।  केही दिनअघि नेकपाकै अर्का सांसद् अमनलाल मोदीले कुलमानमाथि छानविन हुनुपर्ने संसदमै बोलेको कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले मोदीमाथि गाली–गलौज गरिनु दुखद भएको बताए ।

विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए । त्यसलगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।

सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरको गाली र विरोध गर्नु गलत रहेको तर्क गरे ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ५९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब