जापानमा वर्षाको प्रभाव, ६ लाख मानिस सुरक्षितस्थान सारियो « Khabarhub

जापानमा वर्षाको प्रभाव, ६ लाख मानिस सुरक्षितस्थान सारियो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबिरल वर्षाका कारण जापानका स्थानीयबासी प्रभावित भएका छन् । जापानको क्युसु द्वीपलगायतका कागोसिमासहितका शहरमा आएको अविरल वर्षाले जनजीवन प्रभावित भएपछि सुरक्षितस्थान सारिएको हो ।

स्थानीय प्रशासनको निर्देशनमा ६ लाख मानिस सुरक्षितस्थान सारिएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । कागोसिमा सहरमा स्थानीय समयानुसार बुधबार बिहान ०७ बजेबाट ०८ बजेसम्म ४० मिलिमिटर वर्षा भएको छ ।

यसले झनै त्रास बढेको छ । पहिरो जान सक्ने सम्भावना रहेको चेतावनी दिँदै नगरवासीलाई अन्यन्त्र जान अपिल गरिएको छ । स्थानीय मौसमविदका अनुसार वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरेको छ । क्युसु द्वीप क्षेत्रमा ८० मिलिमिटर प्रतिघण्टामा वर्षा हुने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : २० बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र