‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’ « Khabarhub

‘लिबियाको आप्रवासी हिरासतमा भएको आक्रमण युद्ध अपराध हुनसक्छ’


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा-संयुक्त राष्ट्रसंघले लिबियाको राजधानी त्रिपोलीस्थित एक आप्रवासी हिरासतमा भएको हवाई आक्रमण ‘युद्ध अपराध’ हुनसक्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चआयुक्त मिसेल बाचेलेले ४४ जनाको ज्यान जानेगरी भएको हवाई आक्रमण युद्ध अपराध हुनसक्ने बताएकी हुन् ।

आक्रमणमा अरु १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मारिने तथा घाइते हुनेमा महिला तथा बालबालिका पनि छन् ।

आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि फैयज अल सेराजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त लिबियाली सरकारले आक्रमण खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाले गराएको आरोप लगाएको छ । लिबियाली सेनाले भने सरकारी फौजले त्यस क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा आफ्नो नियन्त्रण जमाउन लिबियाली सेनाले पछिल्लो समय व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

आक्रमण भएको तिजौरा आप्रवासी हिरासतमा ६ सयजनाभन्दा धेरै सब सहारन अफ्रिकाका आप्रवासीहरु राखिएको थियो । लिबियाका यस्ता हिरासतमा लिबियाबाट युरोपतर्फ जान चाहने हजारौं अफ्रिकी आप्रवासीहरु राखिएका छन् ।

लिबियामा जारी द्वन्द्वबारे छलफलका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकसमेत डाकिएको छ । सन् २०११ मा तत्कालिन शासक कर्णेल मुअम्मर गद्धाफीको शासन पतन भएयता लिबियामा युद्ध चर्किँदै आएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ०७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका