लिबिया आक्रमणमा नेपालका सन्तोष श्रेष्ठको ज्यान गयो « Khabarhub

लिबिया आक्रमणमा नेपालका सन्तोष श्रेष्ठको ज्यान गयो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिबियाको राजधानी त्रिपोलीमा आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा एक जना नेपालीको ज्यान गएको छ ।

मंगलबार राति भएको बम विस्फोटमा परी ज्यान गुमाउने २७ वर्षका नेपाली युवा सन्तोष श्रेष्ठ रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम लिबियाले जनाएको छ।

४४ जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

श्रेष्ठका बारेमा विस्तृत जानकारी लिने प्रक्रिया चलिरहेको नेपाली दूतावासले जनाएको छ । सन्तोष श्रेष्ठ सन् २०१८ को जनवरी १६ मा लिबिया प्रवेश गरेको जानकारी आएपनि पूर्ण विवरण आउन बाँकी रहेको दूतावासले जनाएको छ ।

गएको दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । साथै आठ जनालाई बुधबार मात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको छ । नेपाललगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गरिँदै आइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : १६ बजे

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३ औँ स्थापना दिवस तथा शिवरात्रि

काठमाडौं– नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपाल : २३ रन बन्दा चार विकेट गयो

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

एम्बुलेन्सको भाडा बढेपछि स्थानीयबाट विरोध

जुम्ला– जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ

नेपालले लगातार ब्याटर गुमायो, चार ओभरमै महत्त्वपूर्ण तीन विकेट

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा