प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’ « Khabarhub

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले कडा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद ढकालले यस निर्णयलाई ‘नातावाद र कृपावाद’ को संज्ञा दिएका हुन्।

सांसद ढकालले प्रधानमन्त्रीले मुलुकलाई निकास दिन भूमिका खेलेकोमा सम्मान व्यक्त गर्दै जाँदाजाँदै भएका यस्ता ‘गल्ती’ सच्याउन आग्रह गरेकी हुन्। “न कुनै विज्ञता, न अनुभव; मात्र प्रधानमन्त्रीको स्वकीय सचिव हुनुका आधारमा प्रकृति संरक्षण कोष जस्तो जिम्मेवार निकाय सुम्पिन मिल्छ र?” भन्दै उनले प्रश्न गरेका हुन् ।

उनले यो निर्णयले आगामी दिनमा आउने नेतृत्वलाई समेत काम गर्न अप्ठ्यारो पार्ने बताएका छन्। “अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिरका कारण गाह्रो हुने देखिन्छ,” ढकालले भनेका छन् , “५ वर्षसम्म नै यो निर्णय बालेन, रवि र हाम्रा लागि तगारो बन्ने देखिन्छ।”

राजनीतिमा नातावाद र कृपावादको अन्त्य हुनुपर्नेमा जोड दिँदै ढकालले प्रधानमन्त्रीलाई आफ्नो निर्णय सच्याएर उदारता देखाउन आग्रह गरेका छन्। उनले विज्ञता र योग्यताका आधारमा मात्र यस्ता महत्वपूर्ण निकायमा नियुक्ति हुनुपर्ने धारणा राखेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : ५३ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।