९ महिने शिशुको बलात्कार आरोपमा १४ वर्षीय बालक पक्राउ | Khabarhub Khabarhub

९ महिने शिशुको बलात्कार आरोपमा १४ वर्षीय बालक पक्राउ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– ९ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्‍याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : २४ बजे

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा

काठमाडौं – मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन