सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको छ –भट्टराई « Khabarhub

सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको छ –भट्टराई


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताए ।

राष्ट्रियसभाको बिहीवारको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धाराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।”

उनले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि बलियो बनाउने कुरामा ध्यान केन्द्रित गरेको स्पष्ट पारे । सांसद भट्टराईले भने, “देश सकारात्मक ढङ्गले अघि बढेको छ, अधिकारमा केन्द्रीकरण गर्ने सरकारको कुनै उद्देश्य छैन ।”

सांसद भट्टराईले कञ्चनपुर घटना ‘अपवाद’भएको बताए । उनले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले मजबुत तुल्याएको दावी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रुपमा रहेको बताएका हुन् ।

उनले भने, ‘शान्ति सुरक्षाको क्षेत्रमा एउटा अपवाद घटना, हामी सबैलाई मन रुवाउने एउटा घटना, कञ्चनपुरको घटना, हामी सबैलाई दुःख लागेको छ, तर कारण छ, त्यसमा पनि । त्यसमा पनि कारण छ ।’ उनले त्यस्तो कारण के हो भन्नेबारे भने केही खुलाएनन् ।

बैठकमा नेपाली काङ्ग्रेसका रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सांसद रायमाझीले टिकट किन्न जाँदा छैन भन्ने तर जहाजमा सिट खाली हुने खालको अवस्थाले नेपाल वायुसेवा निगमको कामकारवाहीको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल शुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयलगायतको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ४९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील