सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको छ –भट्टराई | Khabarhub Khabarhub

सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको छ –भट्टराई


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताए ।

राष्ट्रियसभाको बिहीवारको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धाराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।”

उनले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि बलियो बनाउने कुरामा ध्यान केन्द्रित गरेको स्पष्ट पारे । सांसद भट्टराईले भने, “देश सकारात्मक ढङ्गले अघि बढेको छ, अधिकारमा केन्द्रीकरण गर्ने सरकारको कुनै उद्देश्य छैन ।”

सांसद भट्टराईले कञ्चनपुर घटना ‘अपवाद’भएको बताए । उनले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले मजबुत तुल्याएको दावी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रुपमा रहेको बताएका हुन् ।

उनले भने, ‘शान्ति सुरक्षाको क्षेत्रमा एउटा अपवाद घटना, हामी सबैलाई मन रुवाउने एउटा घटना, कञ्चनपुरको घटना, हामी सबैलाई दुःख लागेको छ, तर कारण छ, त्यसमा पनि । त्यसमा पनि कारण छ ।’ उनले त्यस्तो कारण के हो भन्नेबारे भने केही खुलाएनन् ।

बैठकमा नेपाली काङ्ग्रेसका रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सांसद रायमाझीले टिकट किन्न जाँदा छैन भन्ने तर जहाजमा सिट खाली हुने खालको अवस्थाले नेपाल वायुसेवा निगमको कामकारवाहीको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल शुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयलगायतको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ४९ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि