लाम्पार्ड चेल्सीका मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

लाम्पार्ड चेल्सीका मुख्य प्रशिक्षक नियुक्त


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सीका पूर्व मिडफिल्डर फ्याङक लाम्पार्ड तीन वर्षका लागि चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बिहीबार लाम्पार्डले चेल्सीसँग ३ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

४१ वर्षीय लाम्पार्डले १३ वर्ष खेलाडीका रुपमा चेल्सीमा विताएका थिए । केही समय अगाडि चेल्सीका प्रशिक्षक माउरिजियो सारी इटालियन क्लब युभेन्टस गएपछि लाम्पार्डले चेल्सीमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी लाम्पार्डले चेल्सीका लागि ६ सय ४८ खेल खेलेका थिए । जसमा उनले ११ वटा उपाधि चेल्सीलाई दिलाए । उनले क्लबमा प्रशिक्षकका रुपमा फर्किन पाउँदा गर्व महसुस भएको बताएका छन् ।

‘मलाई गर्व महसुस भइरहेको छ कि म आज चेल्सीको मुख्य प्रशिक्षकमा रुपमा फर्किइरहेको छु,’ लाम्पार्डले भने,‘हरेकलाई थाहा छ यो क्लबलाई म कति माया गर्छु भन्ने कुरा र इतिहास जुन हामीले आदान प्रदान गरेका थियौं । यद्यपी म मेरो काममा ‘फोकस’ हुन्छु र आगामि सिजनका लागि टिमलाई तयार गर्छु ।’

लाम्पार्डले यो सिजनमा क्लबलाई राम्रो स्तरमा पुर्‍याउने योजनासहित केही दिन भित्रै अभ्यास शुरु गरिहाल्ने बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : २९ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई