यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ « Khabarhub

यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– विश्वका विभिन्न स्थानमा जनसङ्ख्या बढेर वातावरणजन्य तथा अन्य किसिमको समस्या आउने गरेका छन् । विश्वमा जनसङ्ख्या नियन्त्रण गर्नका लागि परिवार नियोजन तथा अन्य किसिमको कार्यक्रम लागू हुने गरेको छ ।

तर, ग्रिसमा यस्तो टापु छ, जहाँ जनसङ्ख्या घट्दै जान थालेपछि त्यहाँको प्रशासनले नयाँ बासिन्दालाई आकर्षित गर्न निशुल्क खाना, जमिन र मासिक भत्ता दिने योजना अघि सारेको छ । सुन्दर निलो समुद्र र घमाइलो मौसम हुने ग्रिसको एन्टिकिथारा टापुको प्रशासनले त्यहाँ गई नयाँ जीवन शुरु गर्नेलाई हरेक महिना ४५० पाउण्ड अर्थात् करिब ६३ हजार नेपाली रुपैयाँ भत्ता दिने योजना अघि सारेको हो ।

पछिल्ला केही वर्षमा त्यहाँको जनसङ्ख्या ३ सयबाट घटेर केबल २४ मा झरेपछि एन्टिकिथारा टापुको प्रशासनले टापुको समुदायलाई गतिशील बनाउन यस्तो योजना ल्याएको हो । त्यहाँ जाने नयाँ बासिन्दाले त्यहाँ माछा मार्ने व्यवसाय, कृषी तथा बैंकिङ सेवामा रोजगारी पाउने र त्यसले टापुको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने टापु प्रशासनको विश्वास छ ।

त्यस्तै, त्यहाँका नयाँ बासिन्दा विवहित भए र तीन सन्तान भए अझ उत्तम हुने टापुका प्रमुखले जनाएका छन् । राजधानी एथेन्सबाट केबल ४५ मिनेट हवाई उडानको दुरीमा रहेको टापुमा टेलिफोन, इन्टरनेट र अन्य पूर्वाधारको कुनै कमी नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टापुले नयाँ बासिन्दाको आवेदन खोलेयता हालसम्म १५ परिवारले बसाईसराइका लागि फाराम भरिसकेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै