यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ « Khabarhub

यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– विश्वका विभिन्न स्थानमा जनसङ्ख्या बढेर वातावरणजन्य तथा अन्य किसिमको समस्या आउने गरेका छन् । विश्वमा जनसङ्ख्या नियन्त्रण गर्नका लागि परिवार नियोजन तथा अन्य किसिमको कार्यक्रम लागू हुने गरेको छ ।

तर, ग्रिसमा यस्तो टापु छ, जहाँ जनसङ्ख्या घट्दै जान थालेपछि त्यहाँको प्रशासनले नयाँ बासिन्दालाई आकर्षित गर्न निशुल्क खाना, जमिन र मासिक भत्ता दिने योजना अघि सारेको छ । सुन्दर निलो समुद्र र घमाइलो मौसम हुने ग्रिसको एन्टिकिथारा टापुको प्रशासनले त्यहाँ गई नयाँ जीवन शुरु गर्नेलाई हरेक महिना ४५० पाउण्ड अर्थात् करिब ६३ हजार नेपाली रुपैयाँ भत्ता दिने योजना अघि सारेको हो ।

पछिल्ला केही वर्षमा त्यहाँको जनसङ्ख्या ३ सयबाट घटेर केबल २४ मा झरेपछि एन्टिकिथारा टापुको प्रशासनले टापुको समुदायलाई गतिशील बनाउन यस्तो योजना ल्याएको हो । त्यहाँ जाने नयाँ बासिन्दाले त्यहाँ माछा मार्ने व्यवसाय, कृषी तथा बैंकिङ सेवामा रोजगारी पाउने र त्यसले टापुको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने टापु प्रशासनको विश्वास छ ।

त्यस्तै, त्यहाँका नयाँ बासिन्दा विवहित भए र तीन सन्तान भए अझ उत्तम हुने टापुका प्रमुखले जनाएका छन् । राजधानी एथेन्सबाट केबल ४५ मिनेट हवाई उडानको दुरीमा रहेको टापुमा टेलिफोन, इन्टरनेट र अन्य पूर्वाधारको कुनै कमी नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टापुले नयाँ बासिन्दाको आवेदन खोलेयता हालसम्म १५ परिवारले बसाईसराइका लागि फाराम भरिसकेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ०९ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना