आइफाको प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएनः मन्त्री बाँस्कोटा « Khabarhub

आइफाको प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएनः मन्त्री बाँस्कोटा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताएका हुन् ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका विषयमा छलफल गर्नका लागि सैद्धान्तिक स्वीकृति मात्र दिएको उल्लेख गरे ।

उनले भने, ‘आइफाबारे नेपाललाई लाभ हुन्छ, भने छलफल गर्नका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । कुन विधि र प्रक्रियाबाट टुङ्गोमा पुग्ने भन्ने बाँकी नै थियो । यो एउटा ‘इभेन्ट विजनेश’को प्रश्न हो । त्यसमा सरकारले यति नै पैसा दिने भनेको थिएन, त्यसको फाइदा, घाटाका आधारमा निर्णय गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएन ।’

उनले आइफाका लागि सरकारले पैसा दिने नभई सुरक्षा दिने मात्र भनेको उल्लेख गर्दै संसदीय समितिले दिने निर्णय निर्देशन विषय वस्तुको गहिराइमा पुगेर लिनुपर्ने धारणा राखे । सरकार एकपछि अर्को निर्णय गर्दै पछि हट्दै गइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सम्पूर्ण विषयको निरुपण गर्नै संवैधानिक र कानून निर्माण गर्ने थलो संसद् भएकाले उसको निर्णयलाई सरकारलगायत सबैले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ३० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा