बोलबम यात्री काठमाडौं : को-को कहाँबाट आए? « Khabarhub

बोलबम यात्री काठमाडौं : को-को कहाँबाट आए?


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथमा जल चढाउने गरी नेपालका विभिन्न स्थान र भारतबाट समेत बोलबम यात्री काठमाडौँ आइपुगेका छन् । बोलबम यात्रीहरू तेस्रो सोमबार मात्रै पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् ।

यी यात्री कालिमाटी बल्खु कोटेश्वरलगायतका तरकारी भण्डारण (सब्जीमण्डी) लज र धर्मशालामा बसेका छन् । यो दिनका लागि बोलबम काँवरिया सङ्घ, ओम् बोलबम काँवरिया सङ्घ र भोलेनाथ बोलबम सङ्घले आआफ्नै तवरबाट बोलबम यात्रा आयोजना गरेका छन् ।

काठमाडौँमा एकथरी बोलबम यात्रीले शनिबार सुन्दरीजलबाट मखन महादेवमा जल ल्याई चढाएर यात्रा मनाएका छन् । आशापुरी महादेव, डोलेश्वर सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा पनि स्थानीय जनस्तरबाटै बोलबम यात्रा भइरहेको छ ।

सुन्दरीजलबाट पैदलयात्रा गर्दै जल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने बोलबम यात्राका लागि भारतको विहार र मुजफरपुरबाट भोजपुरी गीतका विख्यात कलाकारसहितको एक टोली पनि यहाँ आइपुगेको छ ।

ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) का अनुसार बन्टीसिंह बबलाको अगुवाइमा भोजपुरी गायकको आगमन भएको छ । यस्तै, बोलबम सङ्घका अध्यक्ष रामआज्ञा शाह प्रसिद्ध गायक धड्कनधरन गोरखपुरबाट २५ जना सङ्गीतज्ञका साथ भजन सुनाउन यहाँ आएका हुन् । आइतबार सुन्दरीजलको ओख्रेनी माध्यमिक विद्यालय प्राङ्गणमा भजन प्रस्तुत गरिने छ ।

भारत वर्षमा त्रेतायुगमा श्रवणकुमारले दृष्टिविहीन बुबाआमालाई काँवरमा राखेर तीर्थयात्रा गर्दा गङ्गाजल बोकेर हरिद्वारमा जल अर्पण गरेको घटनालाई नै पहिलो काँवर यात्रा मानिँदै आएको ओम् बोलबम सङ्घका पदाधिकारी रामनन्दन ठाकुर बताउँछन् ।

भारत झारखण्डमा रहेको बाबा वैद्यनाथधाममा सुइया र अमुखा दुई विशाल पहाड पार गर्दै गरिने बोलबम यात्रालाई मुख्य यात्रा मानिँदै आएको भए पनि २० वर्षयता पशुपतिनाथमा पनि बोलबम यात्रा गर्दै जल अर्पण गर्ने गरिँदै आएको छ ।

अध्यक्ष सुनिल ठाकुरका अनुसार, सुरुमा चाबहिलका छोटुलाल शाहले यो यात्रा पशुपतिनाथमा चलाएका हुन् । ओम् बोलबोलमको यात्रा भने १९ वर्ष पुगेको छ । शनिबार ओम् बोलबमले सयौँ यात्रीको सहभागितामा धार्मिक र्‍याली गरेको छ । चावहिल–कोटेश्वर हुँदै कालिमाटी बल्खुलगायत क्षेत्रमा र्‍याली भएको छ ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्मको २१ किलोमिटर पैदलयात्रा हुने तयारी गरेका छ । बोलबम सङ्घबाट एक लाखभन्दा बढी यात्रीले यात्रामा छुट्टै सहभागिता जनाउँदैछन् । यसो भए पनि यात्रा र भजन गायनमा सबै आयोजकको सुन्दरीजलमै भेटघाट हुनेछ ।

पशुपति क्षेत्र विकास कोषले बोलबम यात्रीका लागि पशुपतिनाथ मन्दिर प्रवेशका लागि छुट्टै मार्ग निर्धारण गरेको छ । यात्रीलाई जल अर्पण गर्न लाममा बस्नुपर्दैन, कार्यकारी निर्देशक रमेश उप्रेती भन्नुहुन्छ । सुन्तला रङ्गको भेषमा काँधमा बाँसको काँवर बोकेर काँवरका दुवै छेउमा जलघडासहित बोलबम नाराका साथ देखापर्ने यो यात्रा मनमोहक मानिन्छ । साउनको तेस्रो सोमबार २० गते परेको छ ।

पशुपतिनाथ, महोत्तरीको जलेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डँडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा, रुपन्देहीको मनौरी महादेव लगायतका मुलुकका सबै शिवालयमा चन्दन बेलपत्र पञ्चामृतसहित पूजाअर्चना गरिन्छ । राजा रणबहादुर शाहको मृत्युमा प्रायश्चित गरी बनाइएको काठमाडौँको रणमुक्तेश्वर, भीमसेन थापाको भीममुक्तेश्वर लगायतका शिवालयमा पनि पुजारीले अर्चना गरिरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ०८ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक