३ दिन भारी वर्षाको सम्भावना « Khabarhub

३ दिन भारी वर्षाको सम्भावना


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । आइतबार बिहानै काठमाडौंका विभिन्न भागमा पानी परेको छ भने अन्य ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए । अर्यालका अनुसार शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको थियो ।

त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताए ।

वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उनका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना छ ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान सूचना

साउन १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २० गते (सोमबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २१ गते (मंगलबार )

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : १७ बजे

ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा देवचुली र पोखराका

सरगम राई र अनु चौधरीको ‘भाकी सके’ सार्वजनिक

काठमाडौँ- गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको

विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’

काठमाडौँ- एक अन्तर्राष्ट्रिय संस्थाले विश्वका आधा लोकतान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको

कम्युनिस्टबिनै बहुमतको सरकार बन्ला ? समीकरण यस्तो छ

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै

लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमालेको आग्रह

काठमाडौँ- नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न