३ दिन भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

३ दिन भारी वर्षाको सम्भावना


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । आइतबार बिहानै काठमाडौंका विभिन्न भागमा पानी परेको छ भने अन्य ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए । अर्यालका अनुसार शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको थियो ।

त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताए ।

वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उनका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना छ ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान सूचना

साउन १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २० गते (सोमबार )

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २१ गते (मंगलबार )

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : १७ बजे

दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२

चीनको शेन्झाउ–२१ अन्तरिक्ष स्टेशनसँग सफल डक 

एजेन्सी – चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै

ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उचित वातावरण

फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

ग्योङ्जु – एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो