पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम « Khabarhub

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरालाई आधार बनाएर पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालिम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालिम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

आधारभूत र एड्भान्स गरी २ सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालिममा सहभागी रहेका जनाइको छ ।

तालिम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालिमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ४६ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले