फोन गरेर धम्क्याई पैसा माग्ने एक जना पक्राउ | Khabarhub Khabarhub

फोन गरेर धम्क्याई पैसा माग्ने एक जना पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२४ धापाखेलबाट पक्राउ गरेको हो ।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : २६ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक