संसद समितिमा भक्कानिए पर्यटनमन्त्री योगेश भट्टराई, स्मरण सुन्दा माधव नेपाल भावुक ! « Khabarhub

संसद समितिमा भक्कानिए पर्यटनमन्त्री योगेश भट्टराई, स्मरण सुन्दा माधव नेपाल भावुक !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफूलाई बधाइ तथा शुभकामना दिने संसदीय समितिको कार्यक्रममा भक्कानिएका छन् ।

आफ्नो राजनीतिक जीवनसँग जोडिएका विगतका घटनाको स्मरण गर्दै मन्त्री भट्टराई संसदीय समितिमा भक्कानिएका हुन् ।

मन्त्री भट्टराईले विगतका घटना स्मरण गर्दा समितिको बैठकमा सहभागी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पनि भावुक बने ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको आइतबारको बैठकमा नवनियुक्त मन्त्री भट्टराईलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम पनि थियो ।

समितिका सदस्यहरुले बधाइ तथा शुभकामना दिएपछि मन्त्री भट्टराईले आफ्नो मन्तव्य शुरु गरे । मन्तव्यकै क्रममा उनले आफ्नो बिगतलाई स्मरण गरे । विगत सम्झिने क्रममा नेता भट्टराईले नेकपाका वरिष्ठ नेता नेपालसँगको आफ्नो सम्बन्ध र आफूले गरेको संघर्षको विषय उठाए ।

उनले २०४० सालमा पञ्चायतविरोधी आन्दोलन गर्दा बिरामी परेर ६० दिन अस्पताल बस्नु परेको घटना सम्झिए । ‘२०४० सालमा पञ्चायतविरोधी आन्दोलनमा खटिएको थिएँ । रातदिन नभनी, खाइनखाई खटिएछ । त्यसैको असरले होला निकै बिरामी परेँ । शिक्षण अस्पतालमा ६० दिन बस्नुपर्‍यो । डाक्टरहरुले नै आशा मारिसकेका थिए,’ यति भन्दा मन्त्री भट्टराईको गला अवरुद्ध भयो ।

एकछिन रोकिएपछि उनले आफ्नो स्मरणमा रहेको घटनाक्रमलाई पुन सुनाउन थाले, ‘उहाँ (माधव कुमार नेपाल) भेट्न आउनु भयो । माधवकुमार नेपाल हैन, अर्को कुनै नाममा, जब उहाँले मलाई स्पर्श गर्नु’भो, मलाई जीवनप्रति आशा पलायो । सादय त्यो बाँच्ने आधार थियो ।’

भट्टराईले यति भनिनसक्दै माधव नेपाल पनि भावुक बने । नेता नेपाल आँखामा लगाएको चस्मा निकालेर आँसु पुछ्न थाले ।

नवनियुक्त मन्त्री भट्टराईले आफ्नो स्मरण सुनाउँदा आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको बैठकको माहोल भावुक बन्यो ।

मन्तव्यका क्रममा मन्त्री भट्टराईले समितिका अन्य सदस्यसँगका पनि आफ्ना स्मरणीय क्षण सुनाए ।

आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने उल्लेख गरेका मन्त्री भट्टराईले संसदीय समितिले जारी गर्ने निर्देशन शिरोपर गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ३ : ३६ बजे

आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस, चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ– आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा