संसद समितिमा भक्कानिए पर्यटनमन्त्री योगेश भट्टराई, स्मरण सुन्दा माधव नेपाल भावुक ! « Khabarhub

संसद समितिमा भक्कानिए पर्यटनमन्त्री योगेश भट्टराई, स्मरण सुन्दा माधव नेपाल भावुक !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफूलाई बधाइ तथा शुभकामना दिने संसदीय समितिको कार्यक्रममा भक्कानिएका छन् ।

आफ्नो राजनीतिक जीवनसँग जोडिएका विगतका घटनाको स्मरण गर्दै मन्त्री भट्टराई संसदीय समितिमा भक्कानिएका हुन् ।

मन्त्री भट्टराईले विगतका घटना स्मरण गर्दा समितिको बैठकमा सहभागी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पनि भावुक बने ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको आइतबारको बैठकमा नवनियुक्त मन्त्री भट्टराईलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम पनि थियो ।

समितिका सदस्यहरुले बधाइ तथा शुभकामना दिएपछि मन्त्री भट्टराईले आफ्नो मन्तव्य शुरु गरे । मन्तव्यकै क्रममा उनले आफ्नो बिगतलाई स्मरण गरे । विगत सम्झिने क्रममा नेता भट्टराईले नेकपाका वरिष्ठ नेता नेपालसँगको आफ्नो सम्बन्ध र आफूले गरेको संघर्षको विषय उठाए ।

उनले २०४० सालमा पञ्चायतविरोधी आन्दोलन गर्दा बिरामी परेर ६० दिन अस्पताल बस्नु परेको घटना सम्झिए । ‘२०४० सालमा पञ्चायतविरोधी आन्दोलनमा खटिएको थिएँ । रातदिन नभनी, खाइनखाई खटिएछ । त्यसैको असरले होला निकै बिरामी परेँ । शिक्षण अस्पतालमा ६० दिन बस्नुपर्‍यो । डाक्टरहरुले नै आशा मारिसकेका थिए,’ यति भन्दा मन्त्री भट्टराईको गला अवरुद्ध भयो ।

एकछिन रोकिएपछि उनले आफ्नो स्मरणमा रहेको घटनाक्रमलाई पुन सुनाउन थाले, ‘उहाँ (माधव कुमार नेपाल) भेट्न आउनु भयो । माधवकुमार नेपाल हैन, अर्को कुनै नाममा, जब उहाँले मलाई स्पर्श गर्नु’भो, मलाई जीवनप्रति आशा पलायो । सादय त्यो बाँच्ने आधार थियो ।’

भट्टराईले यति भनिनसक्दै माधव नेपाल पनि भावुक बने । नेता नेपाल आँखामा लगाएको चस्मा निकालेर आँसु पुछ्न थाले ।

नवनियुक्त मन्त्री भट्टराईले आफ्नो स्मरण सुनाउँदा आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको बैठकको माहोल भावुक बन्यो ।

मन्तव्यका क्रममा मन्त्री भट्टराईले समितिका अन्य सदस्यसँगका पनि आफ्ना स्मरणीय क्षण सुनाए ।

आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने उल्लेख गरेका मन्त्री भट्टराईले संसदीय समितिले जारी गर्ने निर्देशन शिरोपर गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ३ : ३६ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित