पूर्व युवराज्ञी हिमानीद्वारा ‘दैवी प्रकोप उद्धार कोष’ स्थापनाको घोषणा « Khabarhub

पूर्व युवराज्ञी हिमानीद्वारा ‘दैवी प्रकोप उद्धार कोष’ स्थापनाको घोषणा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्।

हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबानपीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी दैवी उद्धार कोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्निपीडित, पश्चिम खारापानीका बाढीपीडित, सुर्खेतका बाढीपीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको स्पष्ट पारिन्।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढीपीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरूको संग्रहित पुस्तक बिक्रीवितरणमा राखिएको पनि जानकारी दिइन्।

हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत भूकम्पपीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा अवसरमा यसै महिना प्रकाशनमा ल्याइएको संदेश संग्रहको उनले आइतबार औपचारिक विमोचन गरिन् । छोरी पुर्णिका शाहसंगै सम्मेलनमा उपस्थित भएकी हिमानीले सो पुस्तकको रकम समाज सेवामा लगाउने घोषणा गरिन् ।

कोषले प्राप्त गरेको ५०० प्रति पुस्तक विक्रिबाट उठेको रकम दैवी प्रकोप कोष स्थापना गरी उद्दारका लागि खर्च गरिने हिमानीले बताइन् । उक्त पुस्तकमा आफू राजा भएपछि ०६३ सालसम्म सरकारी, औपचारिक र अनौपचारिक हिसाबमा गरेका निर्णय लगायत कतिपय घटना क्रमलाई पूर्वराजा ज्ञानेन्द्र शाहले संग्रहका रुपमा उतारेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ११ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका