हङकङमा आइतबार पनि दशौँ हजारले गरे प्रदर्शन, सोमबार आम हड्ताल « Khabarhub

हङकङमा आइतबार पनि दशौँ हजारले गरे प्रदर्शन, सोमबार आम हड्ताल


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा आइतबार पनि दशौँ हजारले प्रदर्शन गरेका छन् । सोमबारका लागि तय गरिएको हङकङव्यापी हड्ताल सफल बनाउन आइतबार प्रदर्शनको आयोजना गरिएको हो ।

हङकङका विभिन्न सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि शनिबार भएका प्रदर्शनका क्रममा हङकङका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले २० भन्दा धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

शुरुमा विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा भएको प्रदर्शन अहिले भने त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा तथा अधिक स्वायत्तताको माग गर्न थालिएको छ ।

यस्ता प्रदर्शनमा पछिल्लो पुस्ताका युवाहरुको व्यापक सहभागिता रहँदै आएको छ । उनीहरुले यस्ता प्रदर्शनमा शहरमा बढ्दो महङ्गी र जनजीविकाका सवाल उठाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङमा विवदास्पद सुपुर्दगी विधेयक सार्वजनिक गरिएपछि प्रदर्शन शुरु भएसँगै त्यहाँको सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगितको घोषणा गरेको थियो । तर, प्रदर्शनकारीले भने सरकारको उक्त कदम अपर्याप्त भएको र पूर्ण रुपमा विधेयक खारेजीसहित प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गर्दै आएका छन् ।

हङकङको पछिल्ला प्रदर्शनलाई राष्ट्रपति बनेयता सी जिनपिङको कार्यकालको सबैभन्दा व्यापक जनप्रदर्शनको रुपमा लिइएको छ । यता चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले भने हङकङमा प्रदर्शन र हिंसा बढ्दै गएमा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ४४ बजे

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ