डाक्टर ढुंगाना भन्छन्- एसीमा धेरै समय बस्नु स्वास्थ्यका लागि खतरा « Khabarhub

डाक्टर ढुंगाना भन्छन्- एसीमा धेरै समय बस्नु स्वास्थ्यका लागि खतरा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा एसी सहितको कोठा तथा कार्यकक्षले मानिसलाई सहजता प्रदान गर्छ । गर्मीको समयमा सबैले आफ्नो कार्यकक्षमा एसी भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् ।

तर तपाईलाई थाहा छ एसीले शितलता मात्रै होइन स्वास्थ्यमा असर पनि पुर्‍याउँछ । एसीमा लामो समय बस्ने व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।

दमका बिरामीहरु एसीमा लामो समय बस्दा दम बढ्ने वीर अस्पतालका चेष्ट युनिटका प्रमुख डा अशेष ढुंगाना बताउँछन् ।

‘एसीले दमका बिरामीहरुको खोकी बढ्ने समस्याहरु हुन्छ, दमका बिरामीलाई चिसो हावाले असर पर्ने भएकाले एसीले असर पर्छ,’ डा ढुंगाना भन्छन्, ‘ दमको समस्या हुनुको धेरै कारण मध्ये एउटा कारण एसीमा बस्नु पनि हो ।’

शहरी क्षेत्रका रहेका कामकाजी व्यक्तिहरु एसीमा लामो समय बस्दा दमको समस्या लिएर अस्पताल आउने गरेको डा ढुंगानाको भनाइ छ ।

‘विशेषगरी शहरी क्षेत्रबाट आउने बिरामीहरु एसीमा बस्दा दमको समस्या बढ्यो भनेर आउँनुहुन्छ । उहाँहरुलाई हामी दुई तरिकाले उपचार गर्छौं , एउटा जे कारणले दम बढ्छ त्यो कारणबाट बच्ने र दोस्रो नियमित औषधिको प्रयोग गर्ने नै हो,’ डा ढुंगानाले भने, ‘लामो समय एसीमा बस्नु स्वास्थ्यका लागि राम्रो हुँदैन ।’

यस्तो छ एसीको अन्य असर :

–फोक्सो र मुटुमा समस्या देखिने,

– शरीर थकित हुने,

– छालामा संक्रमण हुने,

– घाँटी दुख्ने,

–ओठ मुख सुख्खा हुने,

– आँखा सुख्खा हुने,

–टाउँको दुख्ने,

–मांसपेशीहरु दुख्ने,

–श्वाप्रश्वासमा समस्या हुने,

–खोकी लाग्ने,

–भाइरल इन्फेक्सन हुने खतरा हुन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : २६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी