लोनमा इन्टर मिलान पुगेका सान्चेजले भने– युनाइटेड गएकोमा कुनै पश्चाताप छैन « Khabarhub

लोनमा इन्टर मिलान पुगेका सान्चेजले भने– युनाइटेड गएकोमा कुनै पश्चाताप छैन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजले म्यान्चेस्टर युनाइटेड आएकोमा आफूलाई कुनै पश्चाताप नभएको बताएका छन् । तर सफलताका लागि पर्याप्त समय खेल्न नपाएको उनले बताएका छन् ।

३० वर्षीय चिलीका खेलाडी सान्चेज ओर्ड ट्राफोर भित्रिएको १९ महिनापछि इटलियन क्लब इन्टर मिलानका लागि लोनमा गएका छन् ।

सान्चेज म्यान्चेस्टर युनाइटेडका सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी थिए । उनले हप्ता ४ लाख पाउन्ड लिन्थे तर पनि उनले ४५ खेलबाट ५ गोल मात्र गर्न सके । उनी जनवरी २०१८ मा आर्सनलबाट म्यानयू गएका थिए ।

‘म जब आर्सनलमा थियो, त्यो निकै रामाइलो क्षण थियो, त्यहाँ म खुसी थिएँ । तर युनाइटेड नयाँ दिशा तर्फ अघि बढिरहेको थियो, उनीहरुले खेलाडी नयाँ किनिरहेका थिए, केही जित्नका लागि’ उनले भने,‘सबै जित्नका लागि म त्यहाँ जान चाँहे र मलाई कुनै पश्चाताप छैन ।’
साञ्चेजले आर्सनलमा रहदाँ १ सय ६६ खेलमा ८० गोल गरेका थिए ।

उनी सन् २०१४ मा बार्सिलोनामा ३० मिलियन पाउण्डमा आर्सनल आएका थिए । उनी सन् २०१७ मा प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर्सको बर्ष खेलाडीमा समेत मनोनयनमा परेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ०४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी