अफगानिस्तामा भएको विस्फोटमा दुई नेपालीको मृत्यु « Khabarhub

अफगानिस्तामा भएको विस्फोटमा दुई नेपालीको मृत्यु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ ।

सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् ।

विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन ।

उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

यसअघि २०७३ साल असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा १२ जना नेपालीको ज्यान गएको थियो । नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा भएको हमलामा उनीहरुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : २० बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका