धेरै स्थानमा चट्याङसिहत वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह « Khabarhub

धेरै स्थानमा चट्याङसिहत वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ ।

देशभर समग्र मौसमको अवस्था

देशभर सामान्यदेखि पूर्णतया बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भईरहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १८ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशका थोरै स्थानहरुमा भारि वर्षाको संभावना समेत रहेको पूर्वानुमान विभागले गरेको छ ।

राति: देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भाद्र १९ गते (बिहिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमि पहाडी भेगका १-२ स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भाद्र २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ४७ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका