बालुवाटार जग्गा प्रकरण– थप ५८ जनालाई उपस्थित हुन अख्तियारको सूचना (सूचीसहित) « Khabarhub

बालुवाटार जग्गा प्रकरण– थप ५८ जनालाई उपस्थित हुन अख्तियारको सूचना (सूचीसहित)


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेचमा संलग्न सबैलाई छानविनको दायरामा ल्याएको छ ।

यस क्रममा बुधबार अख्तियारले ५८ जनाको सूची सार्वजनिक गर्दै सूचना प्रकाशन गरेको छ ।

आयोगले यसअघि ८६ जनालाई पनि अख्तियारमा बोलाएको थियो ।

अख्तियारले सूचना प्रकाशन गरि ‘तत्कालीन सरकारले प्रचलित कानून बामोजिमको मुआव्जासमेत दिई अधिग्रहरण गरिलिएको साविक हाँडीगाउँ मौजा हा नं ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजराका कर्मचारीहरुसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कामय गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंहरुसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा यस आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न आनु होला, नआए कानूनबामोजिम भइ जानेछ’ अख्तियारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ३६ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई