डेंगु नियन्त्रणका लागि हरेक वडामा प्रतिकात्मक कार्य « Khabarhub

डेंगु नियन्त्रणका लागि हरेक वडामा प्रतिकात्मक कार्य


१८ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूर्यविनायक– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ ।

नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताए । डेङ्गु नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्न गर्ने उल्लेख गर्दै प्रमुख थापाले प्रत्येक वडाले आफ्नो वडाभित्र निरन्तर माइकिङ गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेङ्गु नियन्त्रणबारे नगरवासीलाई सचेत गराइने जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेङ्गु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताए ।

नगरपालिका स्वास्थ्य एकाइ संयोजक वसन्त चापागाईंले डेङ्गु सङ्क्रमण बढेपछि प्रत्येक स्वास्थ्यचौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेङ्गुबारे जनचेतना अभियान चलाइएको बताए ।

प्रकाशित मिति : १८ भदौ २०७६, बुधबार  ११ : १५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम