कन्टेनर चालकमाथि प्रहरी कुटपिट : छानबिन गरेर दोषीलाई कारबाही गर्न निर्देशन « Khabarhub

कन्टेनर चालकमाथि प्रहरी कुटपिट : छानबिन गरेर दोषीलाई कारबाही गर्न निर्देशन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा नेपाल प्रहरीले कन्टेनर चालकमाथी मंगलबार निर्घात कुटपिट गरेको छ ।

चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निर्घात कुटपिट गरेका हुन् ।

चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि यो विषय अहिले चर्चामा आएको छ ।

रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालको अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र प्रहरीबाट कुटिएका चालक रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ गत्लाङका श्रीमान तामाङलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

तामाङ रसुवागढी हुदै नेपाल–चीन सामाग्रि आयातनिर्यात गर्ने बा. ६ ख ४९२५ नं. को कन्टेनरका चालक हुन् ।

उक्त भिडियो ‘ओर्जिनल’ भए–नभएको र उक्त घटनामा देखिए अनुसारको दुब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।

यसैगरी उक्त घटनामा संलग्न विषयमा निश्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले बताए ।

उनले घटनाको सम्बन्धमा के भएको हो भनेर तथ्य बुझेर दोषीलाई कारबाही गर्न र प्रहरीको आचरण गलत देखिएमा संलग्नलाई कारबाही गर्न र मातहतमा पनि सुधार गर्न निर्देशन दिएको प्रजिअ भण्डारीले बताए ।

उक्त घटनाको यातायात क्षेत्रमा संलग्न पक्षहरुले चर्को बिरोध गरिरहेका छन भने प्रहरीको ब्यबहार प्रति सामाजिक सञ्जालमा पनि चर्को बिरोध भइरहेको छ । कन्टेनर चालकहरुले घटनाको बिरोधमा बुधबार रसुवामा चल्ने सवारी साधन बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ३९ बजे

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको