एटिएम ह्याकिङ प्रकरण– प्रहरीद्वारा नेप्सका सीईओसँग सोधपुछ | Khabarhub Khabarhub

एटिएम ह्याकिङ प्रकरण– प्रहरीद्वारा नेप्सका सीईओसँग सोधपुछ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरले बैंकका एटीएमबाट रकम निकालेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृतसँग सोधपुछ गरेको छ ।

प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीलाई सोधपुछको लागि बोलाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए ।

११ वटा बाणिज्य बैंक र सातवटा विकास बैंक आवद्ध नेप्सको सिस्टम चिनियाँ ह्याकरले ह्याक गरी ठूलो परिणाममा पैसा निकालेका थिए ।

रकम निकाल्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले डेढ करोड भन्दा बढी रकमसहित पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत शनिवार चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणाली ह्याक गरी एटीएमबाट रकम लुटेका थिए । यो घटनमा ६ जना चिनियाँ र तीन जना नेपाली पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर