एटिएम ह्याकिङ प्रकरण– प्रहरीद्वारा नेप्सका सीईओसँग सोधपुछ « Khabarhub

एटिएम ह्याकिङ प्रकरण– प्रहरीद्वारा नेप्सका सीईओसँग सोधपुछ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरले बैंकका एटीएमबाट रकम निकालेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृतसँग सोधपुछ गरेको छ ।

प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीलाई सोधपुछको लागि बोलाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए ।

११ वटा बाणिज्य बैंक र सातवटा विकास बैंक आवद्ध नेप्सको सिस्टम चिनियाँ ह्याकरले ह्याक गरी ठूलो परिणाममा पैसा निकालेका थिए ।

रकम निकाल्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले डेढ करोड भन्दा बढी रकमसहित पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत शनिवार चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणाली ह्याक गरी एटीएमबाट रकम लुटेका थिए । यो घटनमा ६ जना चिनियाँ र तीन जना नेपाली पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर