नेपाल – युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न « Khabarhub

नेपाल – युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको नेपाल – संयुक्त अरब इमिरेट्स (युएई) संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा संयोजक प्रभु साहको अध्यक्षतामा बसेको समूहको बैठकमा सदस्यहरुलाई समूह गठनबारे औपचारिक जानकारी गराइनुका साथै केही महत्त्वपूर्ण निर्णय समेत गरिएको हो ।

बैठकले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई ) बीचको सुमधुर सम्बन्धलाई अगाडि बढाउन संसदीय कूटनीतिका माध्यमबाट समूह क्रियाशील हुने र नेपालस्थित युएईका राजदूतसंग आवश्यक समन्वय गर्ने जिम्मेवारी समुहका सदस्य एकवाल मियालाई प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न राष्ट्रका संसदहरुबीच प्रत्यक्ष सम्पर्क बढाई पारस्परिक मैत्री तथा समझदारी अभिबृद्धी गर्दै आपसी मित्रता स्थापित गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको संसदीय सहभागितालाई प्रभावकारी बनाउन संघीय संसदमा मैत्री समूह गठन गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन