गरीब, विपन्न र किसानलाई सहज कर्जा प्रवाह गर्न सांसद साहको माग « Khabarhub

गरीब, विपन्न र किसानलाई सहज कर्जा प्रवाह गर्न सांसद साहको माग


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा सदस्य प्रभु साहले किसान, गरीब तथा विपन्न वर्गलाई कर्जा प्रवाह सहज तथा प्रभावकारी बनाउन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले बैंकबाट किसान, गरीब तथा विपन्न वर्गले पाउनुपर्ने कर्जा बिचौलिया दलालहरुको खल्तीमा जाने गरेको आरोप लगाएका हुन् । “कृषकलाई ऋणको अधिकार छ कि छैन ? यो देशमा गरीब विपन्नहरुलाई ऋण पाउने अधिकार छ कि छैन ? म सोध्न चाहन्छु ।” बैठकमा बोल्दै सांसद साहले सुरुमै प्रश्न गरे, “बैंकिङ ऋण सहुलियत ढङ्गले नपाउदा अहिले लाखौंलाख किसानहरु ठगिन विवस छन् । खुलेआम सुदखोरहरुले एक महिनाको सयकडा ५ रुपैयाँको दरले ब्याज लिने गरेका छन् । हुण्डा ब्याज, मिटर ब्याजजस्ता विभिन्न ब्याजमार्फत गरीब किसानहरु ठगिदै आएका छन् । एक लाख रुपैयाँ दिने र पाँच लाखको कपाली गराउने, जग्गा रजिस्ट्रेसन गराएर कर्जा दिने जुन काम भइरहेको छ यसमाथि निगरानी तथा नियन्त्रण होस् ।”

मुलुकको प्रमुख आर्थिक स्रोत कृषिमा आधारित भएको तथा ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा आश्रित एवम कुल ग्राहस्थ उत्पादनमा कृषिको ३० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सांसद साहले भने, “जुन देशको ६०/६५ प्रतिशत जनता कृषिमा आश्रित छन् त्यहाँ १० प्रतिशत मात्र कृषि कर्जा प्रवाह भयो कृषि आधुनिक कसरी हुन्छ? कृषि आधुनिक भएन भने समृद्धिको यात्रा कसरी पूरा हुन्छ ? कृषिमा १० प्रतिशत लगानी त्यसमा पनि ब्याज अनुदान जो सरकारले दिइरहेको छ त्यसबाट बिचौलिया, चाटुकार र बैंकका भ्रष्ट कर्मचारीले लाभ लिइरहेका छन् । वास्तविक किसान, गरीब र विपन्न कहाँ त्यसको लाभ पुग्न नसक्नुमाथि नियमन होस । यदि वास्तविक पक्षमा त्यसको लाभ पुर्याउन सकिदैन भने चाटुकार र भ्रष्ट कर्मचारीकोमा पुर्याउन बन्द गरियोस् ।

साथै सांसद साहले बैंकहरुको निक्षेप पुँजी र कर्जा प्रवाहबीचको सन्तुलन कायम गर्न सरकारको ध्यानाकर्षण गराए । बैंकहरुले गाउँको पैसा उठाएर शहरमा थुपारेको बताउदै उनले निक्षेप पुँजीको अनुपातमा बढाएर कर्जा प्रवाह गर्न ठोस निर्देशन दिन माग गरे । यसबाहेक निष्क्रिय पुँजीलाई सक्रिय बनाउने ठोस योजनाको माग गरे भने बैंकहरु मर्ज हुनुपर्ने र प्रविधिसंग जोडिनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : ४० बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर