गरीब, विपन्न र किसानलाई सहज कर्जा प्रवाह गर्न सांसद साहको माग | Khabarhub Khabarhub

गरीब, विपन्न र किसानलाई सहज कर्जा प्रवाह गर्न सांसद साहको माग


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा सदस्य प्रभु साहले किसान, गरीब तथा विपन्न वर्गलाई कर्जा प्रवाह सहज तथा प्रभावकारी बनाउन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले बैंकबाट किसान, गरीब तथा विपन्न वर्गले पाउनुपर्ने कर्जा बिचौलिया दलालहरुको खल्तीमा जाने गरेको आरोप लगाएका हुन् । “कृषकलाई ऋणको अधिकार छ कि छैन ? यो देशमा गरीब विपन्नहरुलाई ऋण पाउने अधिकार छ कि छैन ? म सोध्न चाहन्छु ।” बैठकमा बोल्दै सांसद साहले सुरुमै प्रश्न गरे, “बैंकिङ ऋण सहुलियत ढङ्गले नपाउदा अहिले लाखौंलाख किसानहरु ठगिन विवस छन् । खुलेआम सुदखोरहरुले एक महिनाको सयकडा ५ रुपैयाँको दरले ब्याज लिने गरेका छन् । हुण्डा ब्याज, मिटर ब्याजजस्ता विभिन्न ब्याजमार्फत गरीब किसानहरु ठगिदै आएका छन् । एक लाख रुपैयाँ दिने र पाँच लाखको कपाली गराउने, जग्गा रजिस्ट्रेसन गराएर कर्जा दिने जुन काम भइरहेको छ यसमाथि निगरानी तथा नियन्त्रण होस् ।”

मुलुकको प्रमुख आर्थिक स्रोत कृषिमा आधारित भएको तथा ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा आश्रित एवम कुल ग्राहस्थ उत्पादनमा कृषिको ३० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सांसद साहले भने, “जुन देशको ६०/६५ प्रतिशत जनता कृषिमा आश्रित छन् त्यहाँ १० प्रतिशत मात्र कृषि कर्जा प्रवाह भयो कृषि आधुनिक कसरी हुन्छ? कृषि आधुनिक भएन भने समृद्धिको यात्रा कसरी पूरा हुन्छ ? कृषिमा १० प्रतिशत लगानी त्यसमा पनि ब्याज अनुदान जो सरकारले दिइरहेको छ त्यसबाट बिचौलिया, चाटुकार र बैंकका भ्रष्ट कर्मचारीले लाभ लिइरहेका छन् । वास्तविक किसान, गरीब र विपन्न कहाँ त्यसको लाभ पुग्न नसक्नुमाथि नियमन होस । यदि वास्तविक पक्षमा त्यसको लाभ पुर्याउन सकिदैन भने चाटुकार र भ्रष्ट कर्मचारीकोमा पुर्याउन बन्द गरियोस् ।

साथै सांसद साहले बैंकहरुको निक्षेप पुँजी र कर्जा प्रवाहबीचको सन्तुलन कायम गर्न सरकारको ध्यानाकर्षण गराए । बैंकहरुले गाउँको पैसा उठाएर शहरमा थुपारेको बताउदै उनले निक्षेप पुँजीको अनुपातमा बढाएर कर्जा प्रवाह गर्न ठोस निर्देशन दिन माग गरे । यसबाहेक निष्क्रिय पुँजीलाई सक्रिय बनाउने ठोस योजनाको माग गरे भने बैंकहरु मर्ज हुनुपर्ने र प्रविधिसंग जोडिनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : ४० बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५