स्थानीय र प्रदेश सरकारका लागि ११ अर्ब अनुदान « Khabarhub

स्थानीय र प्रदेश सरकारका लागि ११ अर्ब अनुदान


१८ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश र स्थानीय सरकारका सेवालाई प्रभावकारी बनाउन भनेर विभिन्न देशले नेपालाई संयुक्त रुपमा ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएका छन् ।

युरोपियन युनियनसहित स्वीट्जरल्याण्ड, नर्वे र बेलायले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका हुन् ।

बुधबार युरोपियन युनियनसहित ३ देशका प्रतिनिधि र अर्थ मन्त्रालयका सचिव डा राजन खनालले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सहयोग सन् २०१९ देखि २०२३ सम्म नेपाललाई उपलब्ध गराइने छ ।

अनुदान रकम खर्च हुने गरी ४ वर्षसम्मका लागि सञ्चालन गर्ने कार्यक्रमसँग सम्बन्धित रहेर सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्थानीय तथा प्रदेश सरकारका आयोजनाको अध्ययन, नीतिगत सुधार, दीर्घकालीन योजनाको अध्ययन र कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १८ भदौ २०७६, बुधबार  ४ : १४ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य