तराईमा १ हजार सोलार पम्प सञ्चालन गर्न एडीबी सकारात्मकः मन्त्री पुन « Khabarhub

तराईमा १ हजार सोलार पम्प सञ्चालन गर्न एडीबी सकारात्मकः मन्त्री पुन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ईन्डोनेसियाको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

ईन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिंचाइ आयोगको तेश्रो विश्व सिंचाई फोरममा सहभागी भएर मन्त्री पुन बुधबार स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा सहभागी हुँदा उनले इण्डोनेसियासहित विभिन्न देशका समकक्षी र विकास नियोगका उच्च अधिकारीसंग छलफल भएको जानकारी दिए ।

‘विश्व सिंचाइ फोरममा आफ्ना अनुभव आदान प्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो ।’ मन्त्री पुनले भने ।

भ्रमणकै क्रममा एसियाली विकास बैंक (एडिबी) का निर्देशक मियो ओकासंग समेत भेटवार्ता भएको जानकारी दिए । भेटवार्ताका क्रममा एडिबीका निर्देशकसँग सर्लाही र रौतहटको सिचाईका विषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले १ हजार सोलार पम्प पुर्याउने विषयमा छलफल भएको जानकारी दिए ।

सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउनको लागी एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी दिए ।

एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।

सिंचाई विभागकी महानिर्देशक सरिता दवाडीले मन्त्री पुनले भ्रमणको क्रममा एडिवी, विश्व वैंक र विभिन्न देशका उच्च अधिकारीसंग नेपालको सिंचाई क्षेत्रको अवस्था र सिंचाई व्यवस्थापनको वारेमा अनुभव आदान प्रदान गर्नुका साथै लगानीका वारेमा समेत छलफल भएको जानकारी दिइन् ।

विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिंचाई मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरममा मन्त्री पुनले नेपाल सरकारले कृषि र सिंचाई गरेको कामका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ०९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा