कर्णाली प्रदेशका पूर्वमन्त्री ५ लाख धरौटीमा रिहा « Khabarhub

कर्णाली प्रदेशका पूर्वमन्त्री ५ लाख धरौटीमा रिहा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका खत्री उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

उच्च अदालत पाटनले खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । खत्रीले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।

बुधबार नै उच्च अदालत पाटनमा उपस्थित भएका खत्रीको मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलाशमा थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि अदालतले खत्रीसँग ५ लाख धरौटी मागी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

केएसके नामक निर्माण (ठेकेदार) कम्पनीका सञ्चालक रहेका खत्री फर्जी बैंक ग्यारेन्टी प्रकरणमा मुछिएका थिए ।

कृषि विकास बैंकको रत्नपार्क शाखाको जाहेरीले खत्रीविरुद्ध नेपाल सरकारले नै बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो ।

५५–५५ लाखका २ ओटा ठेक्काको फर्जी बैंक ग्यारेन्टी बनाउँदा खत्री साक्षी बसेका थिए । उक्त प्रकरणमा खत्रीसँगै ठेकेदारहरु रणवीर तुम्बा र देवजंग शाहीको पनि प्रत्यक्ष संलग्नता देखिएको थियो ।

उनीहरुले कृषि बिकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत छबिलाल ढकालसँगको मिलेमतोमा फर्जी बैंक ग्यारेन्टी बनाएका थिए । प्रहरीले ठेकेदार तुम्बा तथा शाही र बैंकका अधिकृत ढकाललाई पक्राउ गरी यसअघि नै अदालतमा पेश गरिसकेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : २१ बजे

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि