नगरप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी « Khabarhub

नगरप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिकामा नगर कार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् ।

रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले केही दिनअघि स्थानीय महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नियुक्ति दिएको प्रधानाध्यापकलाई नगरपालिकाले उक्त नियुक्ति प्रक्रिया कार्यविधिअनुसार नभएको र कार्यविधिअनुसार मिलाएर नियुक्तिका लागि पुनःप्रक्रिया अघि बढाई साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेपछि विवाद शुरु भएको होे ।

नगरकार्यपालिकाले आज नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाए ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत र कानूनसङ्गत नभएका कारण आफूले त्यसलाई मिलाएर पुनःप्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म पुरानै प्राधानाध्यापकबाट काम गर्न परिपत्र गरेको बताए ।  “हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भने।

महेन्द्र नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा प्राधानाध्यापकको विषयलाई लिएर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताए ।  “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भने ।

महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ५५ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका