भारतको एक पटाका कारखानामा विष्फोट हुँदा १९ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा १९ जनाको मृत्यु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पञ्जाब– भारतमा एक पटाका कारखानामा विष्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । भारतको पञ्जाब राज्यस्थित गुरदासपुर भन्ने स्थानमा पटाका कारखानामा विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटमा परी अरु दर्जनौं घाइते भएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको भारतीय अधिकारीले जनाएका छन् । बुधबार ४ बजे आसपास विष्फोट भएको र विष्फोटन भएका बेला नजिकै रहेका मानिसहरु समेत आतंकित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटनका कारण कारखाना नजिकै रहेका दुई भवन भत्केका छन् । भवन भत्किँदा ५० जनाभन्दा धेरै फसिरहेको हुनसक्ने र उनीहरुको उद्धार तथा खोजीकार्य भइरहेको छ । यद्यपि धुवाँको मुस्लोका कारण फसेका हुनसक्ने आशंका गरिएकाहरुको खोजी तथा उद्धारकार्य प्रभावित बनेको छ ।

पटाका कारखानामा विष्फोटको कारण खुल्न नसकेको जनाइएको छ । उक्त पटाका कारखाना वैध वा अवैध रहेको भन्ने पनि स्पष्ट नरहेको र यसबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ५३ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ