रैथाने बाली फापर भित्र्याइदै « Khabarhub

रैथाने बाली फापर भित्र्याइदै


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । 

असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो ।

समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ । हिमाली जिल्ला मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडीलगायत खाद्य बालीसहित फापर बाली पनि मुख्य ‘ब्रान्ड’ बनेको छ । 

अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भएपनि मुस्ताङका किसानले व्यावसायिक रूपमा मात्रै नभइ घरायसी प्रयोजन र देश–विदेशमा बस्ने आफन्त-इष्टमित्रलाई कोशेली रूपमा दिन फापर खेती गर्ने प्रचलन रहेको छ ।

मङ्सिरमा लगाइएको उवा र जौ थन्क्याएपछि मुस्ताङका किसानले फापर छर्ने प्रचलन रहेको घरपझोङ–५ ठिनी गाउँका किसान सविता थकालीले जानकारी दिए । यसरी छरिएको फापर असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म भित्र्याउने गरिन्छ ।

मुस्ताङको मुख्य उत्पादनको रूपमा रहेको रैथाने फापर खेती मुस्ताङको पाँचवटै स्थानीय तहमा उत्पादन हुने गर्छ । मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म व्यवसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती गर्न गरिएको छ ।

घरपझोङ–५ ठिनी गाउँका स्थानीय किसान अमित थकालीकाअनुसार बर्सेनि उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरेको बताए। खेतबारीमा छरेको फापर १०० दिनमा पाकेर घरमा भित्र्याउने गरिन्छ ।

यसैगरी स्याउ बगैँचाभित्रको खाली जमिनमा फापर खेती गर्ने गरेको उनको भनाइ छ । सडक सञ्जालले नजोडिदा मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा निकै समस्या पर्ने गरेकामा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापरलगायतका रैथाने खाद्य अन्नबाली सहज रूपमा बिक्री हुन थालेको उनले उल्लेख गरे। 

फापरको पिठो ढिडो र रोटीलगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।  मुस्ताङमा आउने पर्यटक फापरको ढिडो र रोटी मुख्य आकर्षण बन्न थालेको छ । विशेष स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गरिन्छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर-बजारको भान्साघर र होटलमा मुख्य परिकारका रूपमा ग्राहकलाई पस्किने गरेको पाइन्छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ३ : ०६ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’