त्रिकोणात्मक सिरिज जिम्बावेले जित्यो « Khabarhub

त्रिकोणात्मक सिरिज जिम्बावेले जित्यो


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ ।

बिहिबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावे सिरिज चुम्न सफल भएको हो । इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टोनी मुन्योगाले ४४ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो । आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ६ : ५७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको