पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट « Khabarhub

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ। ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राति कुटपिट गरेको हो।

पार्टी छ भनि बोलाएर योजनाबद्ध रुपमा आफूलाई कुटपिट गरेको कार्कीले बताएका छन् । केदार कम्पनीका म्यानेजर कार्की सहित सागर मोहन, सोबेन्द्रराज जोशीलगायतले आफूमाथि हमला गरेको उनले बताए।

कार्कीको अहिले गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचार भैरहेको छ। उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले आफूमाथि कुटपिट भएको आरोप लगाए। कमल कार्कीले केहि समय पहिले पनि आफूलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको भनाई छ ।

आयोजना प्रमुख प्रदिप अधिकारीले कन्ट्रयाक्टर सारदामोहन भट्टराइलाई विमानस्थल भित्रको गिटी र ढुङ्गा बेच्न निर्देशन दिएको र कार्कीले बेच्न नमिल्ने अडान राखेपछि आक्रमण भएको बताए ।

आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप पनि लगाएका छन् । कार्कीको टाउको र आँखामा चोट लागेको छ। शरिरका विभिन्न भागमा निलडाम समेत छ।

विमानस्थल प्रमुख बिनेस मुनाकर्मीले उनीहरुको ब्यक्तिगत झगडाले ठुलोरुप लिएको बताए । यता पीडित कार्कीले प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको गुनासो गरेका छन्।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : ३१ बजे

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म