महराले फिर्ता गरे सभामुखको रुपमा प्रयोग गरिरहेको गाडी « Khabarhub

महराले फिर्ता गरे सभामुखको रुपमा प्रयोग गरिरहेको गाडी


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् ।

महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् ।

महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो भने उनको सचिवालयले अर्को एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यसै गरि गृह मन्त्रालयबाट महराले अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए ।

बाँकी रहेका दुईवटा गाडी पनि आज फिर्ता आउने जानकारी आएको संसद सचिवालयले जनाएको छ ।

महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।

संसद सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन महरालाई सुझाव दिएपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । तर महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : ३९ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका