इण्डो-प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन खोजेका छैनौं : राजदूत बेरी « Khabarhub

इण्डो-प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन खोजेका छैनौं : राजदूत बेरी


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले इण्डो प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन आफूहरुले केही प्रयास नगरेको बताएका छन् ।

शुक्रवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनासँगको भेटमा राजदूत बेरीले इण्डो प्यासिफिक रणनीति कुनै सैन्य संगठन नभएको भन्दै नेपाललाई यसमा सहभागी गराउन कुनै प्रयास नगरेको बताए ।

‘इण्डो प्यासिफिक रणनीति कुनै राजनीतिक मोर्चा होइन’ बेरीको भनाइ उदृत गर्दै नेता खनालले भने,‘यो सैन्य संगठन पनि होइन । नेपाललाई यसमा ल्याउनका लागि हामीले प्रयास गरेका छैनौं भन्नुभयो ।’

अमेरिककी राजदूत बेरीले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकोले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार रहेको बताएका थिए ।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकाको निर्सत सहयोगलाई स्वागत गरीने र यसबाट नेपालको विकासमा फाइदा पुग्ने बताएको खनालको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ।

विगत लामो समय देखि भई आएको अमेरिकी सहयोगको लागी धन्यवाद दिँदै अब थप सहयोगको साथै लगानी समेत बृद्धि कुरामा आफु विश्वस्त रहेको खनालले बताएका थिए ।

राजदूत बेरीले एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याट) सम्झौताले नेपालको पूर्वाधार विकास गर्न खास गरी विद्युत प्रसारण र सडक सुधार आयोजनामा सहयोग पुग्ने बताए । उनले यसमा कुनै सामरिक स्वार्थ नभएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ३२ बजे

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै