दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ « Khabarhub

दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

यता काठमाडौँ महानगरपालिका–२२ बस्ने राधे साहुको कोठामा गएराति आगलागी हुँदा कोठामा रहेको नगद रु चार लाख र लत्ताकपडा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण खुल्न नसकेको र अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ५१ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ