विगतमा भएका सबै गलत कामको हिसाबकिताब यो सरकारले लिन्छ : नेता साह | Khabarhub Khabarhub

विगतमा भएका सबै गलत कामको हिसाबकिताब यो सरकारले लिन्छ : नेता साह


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले वर्तमान सरकार विगतका हरेक गलत कामको हिसाबकिताब लिने बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको फतुवा बिजयपुर नगरपालिका-१०, दुधिअवामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्वहरुले आफुले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए ।

अध्यक्ष साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे । उनले भने, “केही मान्छे तपाइको बीचमा आएर भनिरहेका छन् कि यो सरकारले केही गर्न सकेन, भ्रष्टाचार गरिरहेका छ, महिला हिंसा बढाएको छ । त्यस्ता व्यक्ति र तीनका दलहरुले हिजो पनि त्यही भनेको थियो । हिजो तिनीहरुले भने कि देशमा कम्युनिष्ट आउदा मठ मन्दिर फुटाउछ, धर्म मान्न दिदैन , वृद्ध-वृध्दालाई मार्छ तर तपाइँहरु स्वयं साक्षी हुनुहुन्छ त्यस्तो केही भएन र झन वृद्धले सुरक्षा भता पायो ।

उनले थपे, जनयुद्धमा राजा बचाउन “प्रचण्ड भन्ने मान्छे नै छैन, पारस नै प्रचण्ड हो भन्ने मान्छेहरु पनि तिनै हुन्। महान जनयुद्धको कमान्डर कमरेड प्रचण्ड हुनुहुन्छ भन्ने कुराले तिनीहरुको झुट फेरि पनि सार्वजनिक भयो । त्यस्तै आज सरकारबारे जे गलत प्रचार हुदैछ त्यो हिजो जस्तै उनीहरुको फन्डा हो । म आग्रह गर्न चाहन्छु त्यस्ता हल्लाको पछाडी तपाईंहरु जस्तो बौद्धिक जनता लाग्नुहुनेछैन ।” “हिजो देशमा तस्करी थियो, सार्वजनिक जनिम व्यक्तिको नाममा रजिस्टर हुन्थ्यो । ओली सरकारले त तस्करी रोकिरहेको छ । आज सरकारले ती जग्गाहरु फिर्ता गराउदैछ र त्यो देखेर प्रतिक्रियावादीहरु आतिएका हुन । ” साहले भने ।

“हिजो उनीहरुले गरेको गरेको अपराधको हिसाब किताब हुदैछ र देश सहि ट्र्याकमा आउदैछ । हिजोको सरकारले सिन्डिकेट कायम गरेको थियो आज कम्युनिष्ट सरकार त्यो सिन्डिकेट तोड्दैछ । कांग्रेस आफुले गरेको गलत काम ढाकछोप गर्न सरकारविरुद्ध खनिएको छ । तर हिजोका हरेक गलत कामको हिसाबकिताब कम्युनिष्ट सरकारले गर्ने छ । कोही अपराधी कानुनको दायराभन्दा बाहिर बस्न सक्दैन ।” अध्यक्ष साहको भनाई छ ।

अध्यक्ष साहले समाज बदलावको अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले भने, “समाजमा झुटको बाँस हुन सक्दैन । हामीले यहाँ सत्य स्थापित गर्छौ । असत्य माथी सत्यको विजयको उत्सवको रुपमा हामी दशै मनाउछौ अनि हामी कसरी हाम्रो समाजमा असत्यलाई रहन दिन्छौ । कदापी रहन दिदैनौ । यसका लागि तपाईं हामी मिलेर अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा विकास निर्माणलगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो । सो अवसरमा संघीय सांसद समिना हुसेन, प्रदेश सभा सदस्य कुन्दन कुश्वाहालगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ४ : २६ बजे

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल