ओमानबाट कप्तान पारसले भने- यसपटकको दशैं खेलेरै मनाइन्छ « Khabarhub

ओमानबाट कप्तान पारसले भने- यसपटकको दशैं खेलेरै मनाइन्छ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली ५ देशबीचको टि–२० शृङ्खलाका लागि ओमानमा छ । शनिबारदेखि शुरु हुने शृङ्खलामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेलेर शृङ्खलाको शुरुवात गर्दैछ ।

दशैंको मुखमा विदेश गएको नेपालले यसअघि सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० शृङ्खला खेलिसकेको छ । दशैंमा ओमानमा रहेका नेपाली टोलीका कप्तान पारस खड्काले यो बर्षको दशैं खेलेरै मनाउने बताएका छन् ।

उनले खबरहबसँग भने,‘यसपालिको दशैं खेलेरै मनाउँछौं । शृङ्खला सकिएपछि नेपाल फर्किएर टीका लगाउछौं,’ कप्तान खड्काले भने,‘खेलाडी जीवन यस्तै हो ।’

सिंगापुरविरुद्धको त्रिकोणात्क शृङ्खलामा ऐतिहासिक शतक प्रहार गरेका कप्तान खड्काले अगाडि भने,‘खेल भएपछि कुनै विकल्प रहँदैन ।’

हङकङसँग खेल्दै शृङ्खला शुरु गर्ने नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ०६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती