विप्लव समूहका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण « Khabarhub

विप्लव समूहका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेत्र विक्रम चन्द समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आलेले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसर्पण गरेको हो ।

चन्द समूहले गर्दै आएको क्रियाकलापमा हामीलाई चित नबुझेको भन्दै आजकै मितिदेखि उक्त समूह परित्याग गरी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

अब उप्रान्त हामीले नेपालको संविधान र प्रचलित कानूनविपरीतका कुनै पनि कार्य गर्ने गराउने छैनौँ र त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय भोग्न तयार रहेको भन्दै लिखित रूपमा दुवै जनाले कागजातसमेत बनाएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

आत्मसमर्पण गरेका दुवै जना गएको असोज १० गतेका दिन सर्लाही सदरमुकाम मलङ्गवाको शिवसागर चौकबाट पक्राउ परेको थियो । प्रहरी हिरासतमै दुवैजनाले विप्लव समूह प्रत्याग गरी आत्मसर्मपण गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कानुनी प्रक्रिया पूरा गरेर छाडिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : १७ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल