गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था  | Khabarhub Khabarhub

गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था 


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाडी चलाउँदा प्रायजसो चालकहरूलाई ब्रेक पहिला थिच्ने कि क्लच भन्ने विषयमा कन्फ्यिूजन हुन्छ । अनुभवी चालकलाई भन्दा नयाँ चालकलाई यस्तो समस्याले अधिक सताउने गर्छ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । दुर्घटनाको जोखिम बढ्छ ।

यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, उक्त समयमा गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ ।

किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ ।

१. पहिला क्लच अनि ब्रेक

गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगाउँदा गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा गाडी गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनुपर्छ ।

२. क्लच र ब्रेक सँगसँगै

यदि २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गाडी गुडिरहेको अवस्थामा अचानक गाडीको रोक्नुपर्ने भएमा क्लच र ब्रेक थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३. पहिला ब्रेक अनि क्लच

यदि ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ । बिस्तारै ब्रेक दबाउँदा गाडीको स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

४. ब्रेकमात्र

आफू चलिरहेको गतिमा केही कम मात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीड मात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ । यसले यात्राको दौरान सुरक्षित बनाउँछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : १४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले