गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था  « Khabarhub

गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था 


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाडी चलाउँदा प्रायजसो चालकहरूलाई ब्रेक पहिला थिच्ने कि क्लच भन्ने विषयमा कन्फ्यिूजन हुन्छ । अनुभवी चालकलाई भन्दा नयाँ चालकलाई यस्तो समस्याले अधिक सताउने गर्छ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । दुर्घटनाको जोखिम बढ्छ ।

यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, उक्त समयमा गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ ।

किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ ।

१. पहिला क्लच अनि ब्रेक

गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगाउँदा गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा गाडी गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनुपर्छ ।

२. क्लच र ब्रेक सँगसँगै

यदि २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गाडी गुडिरहेको अवस्थामा अचानक गाडीको रोक्नुपर्ने भएमा क्लच र ब्रेक थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३. पहिला ब्रेक अनि क्लच

यदि ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ । बिस्तारै ब्रेक दबाउँदा गाडीको स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

४. ब्रेकमात्र

आफू चलिरहेको गतिमा केही कम मात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीड मात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ । यसले यात्राको दौरान सुरक्षित बनाउँछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : १४ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,