ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली एमसीसीविरुद्व मैदान उत्रिँदै | Khabarhub Khabarhub

ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली एमसीसीविरुद्व मैदान उत्रिँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग आज (सोमबार) खेल्दैछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली टोली एमसीसी विरुद्ध विहान ९:३० बजे मैदान उत्रिदैछ।

एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेल आज नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न खेल्दैछ। यसअघि आइतबार युवा टोलीसँग खेलेको एमसीसीले पहिलो खेलमा जित पारिसकेको छ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो पटक मैदान उत्रिदैछ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।

खेल अघि संक्षिप्त प्रतिक्रिया दिदै कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्न खेलाडीहरु निकै उत्साहीत रहेको बताएका छन्।

यहि भ्रमणमा एमसीसीले नेपालसंग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ । नेपाली टोली लामो समयपछि एमसीसीसँग फस्ट क्लास क्रिकेट खेल्दैछ।

नेपाली क्रिकेटको बिकासका लागि तयार गरिएको लिगेसी टूर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ०८ बजे

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत