म्याग्दी बस दुर्घटना–मृतक चारै जनाको सनाखत, यी हुन् १८ घाइते « Khabarhub

म्याग्दी बस दुर्घटना–मृतक चारै जनाको सनाखत, यी हुन् १८ घाइते


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

“आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो”, प्रहरी निरीक्षक शर्माले भने, “उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ । घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।

घाइतेको नामावली

१ मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी
२ मालिका ७ बिमका हुमबहादुर जुग्जाली
३ मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४ मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार
५) बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री
६) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७) बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल
८) बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९) मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा
१०) बिमकीे ६ वषीया कृष्टिना जुग्जाली
११) बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२ बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३) बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४) बिम बस्ने सुरेश जुग्जाली
१५) बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६) धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा
१७) बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८) मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ३७ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि