अर्थमन्त्री र नर्वेका विकास मन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

अर्थमन्त्री र नर्वेका विकास मन्त्रीबीच भेटवार्ता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र नर्वेका अन्तरराष्ट्रिय विकासमन्त्री डाग इन्जे युलस्टेनबीच नेपालको संघीयता कार्यान्वयन, वैदेशिक लगानी, नेपालको ऊर्जा विकासलगायतका विषयमा छलफल भएको छ ।

अर्थमन्त्रालयमा सोमबार भएको शिष्ट्राचार भेटमा नर्वे सरकारले नेपालको विकासमा पुर्‍याएको सहयोगको अर्थमन्त्री डा खतिवडाले प्रशंसा गर्दै थप सहयोगको अपेक्षा गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । खतिवडाले सङ्घ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको स्पष्ट पारे ।

प्रत्यक्ष वैदेशिक लगानी परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत् आयातलाई शून्यमा झार्ने प्रयास भइरहेको अर्थमन्त्रीको भनाइ थियो ।

उनले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै संघीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यावहारिकरुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएको स्पष्ट पारे ।

सो अवसरमा नर्वेका विकास मन्त्रीले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्नसक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । प्रत्यक्ष वैदेशिक लगानी परिचालन गर्नका लागि दोस्रो चरणको सुधारका सम्बन्धमा चासो व्यक्त गर्दै उनले कर प्रणालीलाई सबलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए ।

यस्तै एशियाली विकास बैंक र नर्वे सरकारबीच ऊर्जा क्षेत्रमा सहवित्तीयकरणका लागि सम्झौतापत्रमा समेत सोही अवसरमा हस्ताक्षर भएको थियो । अर्थमन्त्रालयका अनुसार केही दिनभित्रैमा एशियाली विकास बैंक र नेपाल सरकारले समेत समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ३७ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा