मसुद अजहरको मृत्यु भएको अपुष्ट समाचार भाइरल बनेपछि « Khabarhub

मसुद अजहरको मृत्यु भएको अपुष्ट समाचार भाइरल बनेपछि


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामामा ४० भन्दा धेरै भारतीय अर्धसैनिककको ज्यान जानेगरी गत फेब्रुअरी १४ मा भएको आत्मघाती बम आक्रमण गरेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका नेता मसुद अजहरको मृत्यु भएको समाचार भाइरल भइरहेको छ ।

अजहरको मृत्युको कारणबारे केही खुलाइएको छैन भने आधिकारिक समाचार पनि केही आइसकेको छैन । यद्यपि भारतीय तथा पाकिस्तानी सामाजिक सञ्जालमा मसुद अजहरको मृत्यु भएको खबर भाइरल भइरहेको छ ।

भाइरल भइरहेका समाचारमा उनी भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको हवाई कारवाहीमा मारिएको वा अस्पतालमा कलेजोको क्यान्सरबाट उनको मृत्यु भएको उल्लेख छ । कुनै आधिकारिक श्रोतबाट उनको मृत्युको पुष्टि नभइसकेकाले भाइरल भइरहेका समाचारको सत्यता पुष्टि गर्न भने नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणको बदलाका लागि भारतीय वायुसेनाले गत मंगलबार पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणमा जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई निशाना बनाएको थियो । हवाई आक्रमणमा हताहत भएका आतंकवादीको सङ्ख्याबारे भारतीय पक्षले कुनै ठोस विवरण सार्वजनिक गर्न सकेको छैन भने पाकिस्तानले भने आक्रमणमा कसैको पनि हताहती नभएको दाबी गर्दै आएको छ ।

यता शनिबार मसुद अजहरका भाइ मौलाना अम्मरले भिडियो सार्वजनिक गर्दै जैश–ए–मोहम्मदको शिविरमा भारतीय हवाई आक्रमण भएको बताएका थिए ।

भारतीय सेनाले बालाकोटमा गरेको हवाई आक्रमणपछि पेशावरमा सामूहिक अन्तिम संस्कार समेत भएको अपुष्ट समाचार सार्वजनिक भएका छन् ।

४० जनाभन्दा धेरै अर्धसैनिकको ज्यान जानेगरी पुलावामामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदका नेता मसुद अजहर पाकिस्तानमा रहेको र अजहरविरुद्ध कानूनी कारवाही अघि बढाउन भारतले पाकिस्तानलाई दबाब दिँदै आएको छ ।

केही दिनअघि पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले अजहर पाकिस्तानमै रहेको तर, उनको अवस्था नाजुक रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : ४७ बजे

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा