मोवाइल डाटाको मूल्य : बेलायत र अमेरिकाभन्दा नेपालमा सस्तो « Khabarhub

मोवाइल डाटाको मूल्य : बेलायत र अमेरिकाभन्दा नेपालमा सस्तो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेटका लागि नेपालमा प्रयोग हुने मोवाइल डाटा अमेरिका र बेलायतभन्दा सस्तो पाइएको छ । नेपालसहित विश्वका २ सय ३० देशमा गरिएको एक अध्ययनले नेपालमा प्रयोग हुने मोवाइल डाटा अमेरिका र बेलायतभन्दा सस्तो पाइएको हो ।

सस्तो मोवाइल डाटा उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल ४५ औं स्थानमा छ । केबलले गरेको खोज तथा अनुसन्धान अनुसार नेपालमा एक जीवी डाटाको औसत मूल्य २.२५ अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ सय ५५ रुपैयाँ १५ पैसा) रहेको छ ।

नेपालमा मोबाइल डाटा प्रदान गर्ने सेवादायक कम्पनीले विभिन्न २७ योजना (स्कीम) सञ्चालन गरेका छन् । नेपालमा सस्तो मोबाइल डाटा ०.३२ अमेरिकी डलर अर्थात ३७ रुपैयाँ ३ पैसा पर्छ । त्यस्तै सबैभन्दा महँगो डाटाको मूल्य ६.४३ अमेरिकी डलर अर्थात ७ सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । केवलले गरेको २०१८ को नोभेम्बर १५ मा नमूना सर्वेक्षण गरेको थियो ।

अनुसन्धान अनुसार सबैभन्दा सस्तो मोवाइल डाटा उपलब्ध गराउने मुलुक भारत हो । भारतमा एक जीबी डाटाको औसत मुल्य ०.२६ अमेरिकी डलर छ । सार्क राष्ट्र श्रीलंका सातौँ स्थानमा छ । श्रीलंकामा प्रति जीवी डाटाको मूल्य ०.७८ अमेरिकी डलर छ । १८ औँ स्थानमा रहेको भुटानमा प्रति जीवी डाटाको मूल्य औसत १.२५ अमेरिकी डलर छ ।

बेलायतमा भने १ जीबी डाटाको औसत मुल्य ८.५३ अमेरिकी डलर छ। सूची अनुसार बेलायत सस्तो मोवाइल डाटा प्रदान गर्ने देशको १३६ औँ स्थानमा छ । त्यस्तै, १८२औँ स्थानमा रहेको अमेरिकामा एक जीवी डाटाको मूल्य १२.३७ अमेरिकी डलर पर्दछ ।

एसियाली राष्ट्र ताइवान, चीन, दक्षिण कोरियालीमा विश्वको औसत मुल्य भन्दा बढी शुल्क लिइने गरेको पाइएको छ । अध्ययनमा सिम कार्डमार्फत इन्टरनेट चलाउनेलाई मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ४५ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’